अर्घाखाँचीमा १४७ जनाले जिते कोरोनाविरुद्धको लडाइँ

अर्घाखाँचीमा १४७ जनाले जिते कोरोनाविरुद्धको लडाइँ
फाइल तस्वीर
मङ्लबार, असार २३, २०७७

काठमाडौं- अर्घाखाँचीमा विभिन्‍न आइसोलेशनबाट १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए।

यससँगै अब अर्घाखाँचीमा ३ सय १२ जना कोरोना संक्रमित छन् भने ५ सय ६५ जना क्वारेन्टाइनमा छन्।