त्रिविको परीक्षा अनलाइनबाट गराइनेबारे निर्णय भएको छैन : परीक्षा नियन्त्रक जोशी

त्रिविको परीक्षा अनलाइनबाट गराइनेबारे निर्णय भएको छैन : परीक्षा नियन्त्रक जोशी
मङ्लबार, असार २३, २०७७

काठमाडौं- लकडाउनका कारण यो वर्ष स्थगित गरिएको परीक्षाबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दुई साताभित्र निर्णय गर्ने जनाएको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌।

उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’

उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिए पनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय गरको छैन।