कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?
मङ्लबार, असार २३, २०७७

काठमाडौँ-  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुर पश्चीम प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बाग्मति प्रदेश,प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।