आज मन्त्रिपरिषद बैठक बस्दै, को बन्ला नयाँ आईजीपी ?

आज मन्त्रिपरिषद बैठक बस्दै, को बन्ला नयाँ आईजीपी ?
मङ्लबार, असार २३, २०७७

काठमाडौं- आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने भएको छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधि कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

महानिरीक्षक ज्ञवालीले अवकाश पाउनेभएपछि नयाँ आईजीपी नियुक्ति गर्न लागिएको हो । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा छन् ।

प्रहरी मुख्यालयले नयाँ आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको बिदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।