विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघ्यो
मङ्लबार, असार २३, २०७७

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार ६ सय १८ पुगेको छ भने संक्रमितको संख्या १ करोड १७ लाख ३७ हजार ९ सय ५५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ६६ लाख ४१ हजार ६ सय २ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ३२ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३० लाख ४० हजार ८ सय ३३ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ६५ हजार ५ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ९६पुगेको छ भने संक्रमितको संख्या ६ लाख ८१७ हजार ८ सय ६२ पुगेको छ ।