‘इनअफ इज इनअफ’का अभियन्ताले अनसन तोड्दै (सहमति पत्रसहित)

‘इनअफ इज इनअफ’का अभियन्ताले अनसन तोड्दै (सहमति पत्रसहित)
मङ्लबार, असार २३, २०७७

काठमाडौँ- कोरोना भाइरसको रोकथाममा प्रभावकारी कदम नचालेको लगायतका विभिन्न माग राख्दै अनसनमा बसेकाे युवाहरुले सरकारसँगको सहमतिसँगै आज अनसन तोड्ने भएका छन् ।

सरकारले कोरोना भाइरसविरुद्ध गरिरहेको कामलाई लिएर असन्तुष्ट जनाउँदै विगत १२ दिनदेखि अनशन बस्दै आएका ‘इनआफ इज इनअफ’का अभियन्ता इशान अधिकारी (इ) सहितले मंगलबार अनशन तोड्ने भएका हुन् ।

उनीहरुले कोरोना भाइरसको परीक्षण पीसीआरबाट हुनुपर्ने र यसको दायरा बढाउनुपर्ने माग राख्दै आइरहेका थिए । त्यस्तै क्वारेन्टिनको व्यवस्थापन राम्रो हुनु पर्ने लगायतका मागसहित अनसनमा बसेका थिए ।

सरकार र इनफ इज इनफबिच सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरु आजदेखि स्थगित हुने जनाइएको छ ।