सोल्टी होटलमा बस्दै आएका पाइलट र ‘क्रु मेम्बर’मा कोरोना देखिएपछि होटेल सिल

सोल्टी होटलमा बस्दै आएका पाइलट र ‘क्रु मेम्बर’मा कोरोना देखिएपछि होटेल सिल
मङ्लबार, असार २३, २०७७

काठमाडौं- काठमाडौंस्थित सोल्टी होटल सिल गरिएको छ ।

सोल्टी होटलमा बस्दै आएका नेपाल वायुसेवा निगमका पाइटल तथा ‘क्रु मेम्बर’लाई कोरोना संक्रमण भएपछि होटल सिल गरिएको हो ।

विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर उडानमा खटिएका पाइलट र क्रु मेम्बरलाई सोल्टी होटलमा राख्ने गरिएको थियो ।

स्वास्थ्यकर्मी बाहेक होटलमा रहेका व्यक्ति बाहिर निस्कन र कुनै पनि होटलभित्र प्रवेश गर्न नपाउने महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुँवरले बताए ।

सोल्टी होटलको क्वारेन्टिनमा बसेका निगमका ३ पाइलटसहित केही क्रु मेम्बरलाई  संक्रमण पुष्टि भएको थियो ।