उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगामा कडाई

उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगामा कडाई
मङ्लबार, असार २३, २०७७

भक्तपुर-उपत्यका प्रवेश गर्ने पूर्वीका नाका साँगाबाट प्रवेशमा कडाइ गरिएको छ । यो नाकाका चोर बाटो हुँदै उपत्यका प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि भक्तपुर प्रहरीले कडाई गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारादेवी थापाका अनुसार सरकारले जारी गरेको निर्देशन पालना गरे मात्र यो नाकाबाट प्रवेश दिइने छ ।

साँगा नाकाबाट दैनिक झन्डै १५० भन्दा बढी सवारी साधनहरु सरकारले जारी गरेको प्रवेश पास लिएर उपत्यका प्रवेश गर्ने गरेको उनले बताईन । त्यसैगरी यो नाका हुँदै दैनिकका चार पाँच सयको संख्यामा मानिसहरु उपत्यका भित्रिने गरेका छन् ।

यो महिनामा मात्रै झन्डै तीन हजार सवारी र ६ हजार भन्दा बढी मानिस प्रवेश गरेका छन । सरकारले उपत्यका प्रवेश गर्दा आरडिटि वा पिसिआर परिक्षणको रिपोर्ट देखाउन भनेपनि पछिल्लो समय एक स्थानबाट अर्को स्थानमा जाँदा स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले पास उपलब्ध गराउने गरेसँगै आरडिटि र पिसिआर रिर्पोट अनिवार्य हुन छाडेको छ ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त जगातिका प्रमुख डिएसपी चक्रराज जोशीले गृहको परिपत्रअनुसार साँगा नाकामा मात्र नभई प्रत्येक जिल्लाको बोर्डरमा चेकजाँच हुने भएपछि साँगा नाकामा बिना पास आउने संख्यामा कमी आउने बताए ।