आजको मौसम : अधिकांश स्थानमा मेघगर्जन सहित बर्षाको सम्भावना

आजको मौसम : अधिकांश स्थानमा मेघगर्जन सहित बर्षाको सम्भावना
बुधबार, असार २४, २०७७

काठमाडौँ । मनसुन सक्रिय रहँदा देशका विभिन्न स्थानमा बर्षा भईरहेको छ ।

सुदुरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिेराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङग सहित हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभर देशका अधिकांश भू–भागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक – दुई स्थानमा भने भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।