कञ्चनपुरका अधिकांस क्षेत्र डुवानमा

कञ्चनपुरका अधिकांस क्षेत्र डुवानमा
बुधबार, असार २४, २०७७

कञ्चनपुर, मंगलवार देखि लगातार परेकोे अबिरल वर्षाका कारण सुदुरपश्चि प्रदेशको तराई जिल्ला कञ्चनपुरका अधिकांस नगरपालिका र गाउँपालिकाका विभिन्न क्षेत्रमा डुवान भएको छ ।

लगातारको वर्षाले सदरमुकाम महेन्द्रनगर वजार, सव्जीमण्डी, वसपार्क लगायत आसपासका क्षेत्र डुवानमा परेका हु्न ।

डुवानका कारण पसल, होटेल तथा घर भित्र पानी पसेको छ । उतार रिन्तरकोे वर्षाका कारण जिल्लाका महाकाली, दोदा, स्याली, सुनवरा, जोगवुडा लगायतका नदिहरुमा जलसतह वढेको छ ।

नदिको जलसतह बढेसँगै पानी गाउँ पसेको छ भने वर्षा नरोकीदा अधिकांस क्षेत्र डुवानमा परेका छन । डुबानका कारण कच्ची घर भत्कन थालेका छन् भने निर्माण सामग्री, बाली, अन्नपात र अन्य सामग्रीको क्षति भएको छ ।

बाढीका कारण घरमा राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ । प्रहरीका अनुसार कञ्चनपुरका सयौं घरधुरी प्रभाबित भएको छन् ।

नदीको बहाव अझै तिब्र भएको कारण तटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीयहरुलाई सजग रहन तथा सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ् । अधिकांश माहाकाली र जगबुडा नदीको तटिय क्षेत्रमा बासोबास गर्ने बासिन्दा बाढीको त्रासमा रहेका छन् ।