काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित
बुधबार, असार २४, २०७७

काठमाडौं, काठमाडौँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुशार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १० जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।