आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन

आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन
बिहिबार, असार २५, २०७७

एजेन्सी- आइभोरीकोष्टका प्रधानमन्त्री अमाडौ गोन कुलिबलीको निधन भएको छ ।

मन्त्रिपरिषदको वैठकलगत्तै उनको निधन भएको बीबीसीले जनाएको छ । उनी लामो समयदेखि मुटुको बिरामी थिए । प्रधानमन्त्री कलिबली फ्रान्समा दुई महिना मुटुको उपचार गरेर फर्केका थिए ।

६१ वर्षिय प्रधानमन्त्री कलिबली अक्टोम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ दलबाट उम्मेदवारी समेत दिएका थिए ।