सिन्धुपाल्चोकमा बाढीको बितण्डा (फोटोफिचर)

सिन्धुपाल्चोकमा बाढीको बितण्डा (फोटोफिचर)
बिहिबार, असार २५, २०७७

दिपिन ढुंगाना

सिंधुपाल्चोक- रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ ।

भोटेकोसीसँगै बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रका ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले खागदलको पक्की पूल नै बगाएको छ ।