सिन्धुपाल्चोक बाढीमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

सिन्धुपाल्चोक बाढीमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई सभापति देउवाको निर्देशन
बिहिबार, असार २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका हुन्।

उनले  छिटोभन्दा छिटो उक्त्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेति हुनबाट जाेगाउन सरकारलाई अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेका छन-