नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिह्‍न प्रदान

नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिह्‍न प्रदान
बिहिबार, असार २५, २०७७

काठमाडौं-नवनियुक्त प्रहरी महानिरीक्षक आइजिपी शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको हो ।

थापा मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।​ उनले आजैबाट प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।