सभामुखसहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर मौसमका कारण धुलिखेलबाटै फर्कियो

सभामुखसहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर मौसमका कारण धुलिखेलबाटै फर्कियो
बिहिबार, असार २५, २०७७

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटासहित पहिरो क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक उडेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलबाटै फर्किएको छ ।

मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ। गएराति सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएपछि सभामुख सापकोटासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबिसेतर्फ उडेका थिए।

गएरातिको पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म दुई जनाको शव फेला परेको छ भने १४ जना बेपत्ता भएका छन् ।