सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँ बढ्यो

सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँ बढ्यो
बिहिबार, असार २५, २०७७

काठमाडौं-सुन आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर भाउमा नयाँ रेकर्ड बनाएको छ । तोलाको आज ९ सय रुपैया बढेर ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।  चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् ।