भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो
बिहिबार, असार २५, २०७७

काठमाडौं-भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । कोरोना संक्रमणका कारण २१ हजार १२९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोनाबाट ४८७ जनाको मृत्यु भएको हो । त्यस्तै संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ ।

त्यस्तै संक्रमणमुक्त भई अहिलेसम्म भारतमा चार लाख ७६ हजार ३७८ जना डिस्चार्ज भइसकेका छन् ।