जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
बिहिबार, असार २५, २०७७

काठमाडौं-जनता समाजवादी पार्टी जसमा निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले हिजो बुधबार निर्वाचन आयोगमा जनता समाजवादी दल दर्ता भएको जानकारी दिए। आयोगका अनुसार केन्द्रीय कार्यसमिति अध्यक्षद्वय ठाकुर पहिलो र यादव दोस्रो वरीयतामा छन् ।

त्यस्तै अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयतामा छन्।