बाढी पहिरोबाट भएको क्षतिको अवलोकन गर्न सभामुख सापकोटा बाह्रबीसे पुगे (फोटोफिचर)

बाढी पहिरोबाट भएको क्षतिको अवलोकन गर्न सभामुख सापकोटा बाह्रबीसे पुगे (फोटोफिचर)
बिहिबार, असार २५, २०७७

काठमाडौं-बाढी पहिरोबाट भएको क्षतिको अवलोकन गर्न सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबीसे पुगेका छन्। खराब मौसमका कारण सापकोटा पटक पटकको प्रयासपछि नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्।

बुधबार आँखामा समस्या आएपछि शल्यक्रिया गरेको आँखामा पट्टी बाँधेरै उनी बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बुमा गएराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्।