गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, असार २५, २०७७

कास्की-गण्डकी प्रदेशमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत् सात जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा तनहुँका एकजना र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा म गरेको परीक्षणमा लमजुङका पाँचजना गोरखाका दुई जना र कास्कीका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।