धरहरा पुनर्निर्माण : दशौं तलाको ढलान सम्पन्न

धरहरा पुनर्निर्माण : दशौं तलाको ढलान सम्पन्न
बिहिबार, असार २५, २०७७

काठमाडौं-भूकम्पले क्षतिग्रस्त धरहराको दशौं तलासम्मको ढलानको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले तीन तल्ले पार्किङ तर्फको काम जारी रहेको बताए । निर्माणस्थलभित्र रहेका गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी संचयकोष स्थानान्तरण गरी संचयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उनले बताए ।

हप्तादिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उनले बताएका छन् ।