उदयपुरको गढी गाउँपालिकाको घरघरमा विजुली बल्ने, स्थानीय हर्षित

उदयपुरको गढी गाउँपालिकाको घरघरमा विजुली बल्ने, स्थानीय हर्षित
बिहिबार, असार २५, २०७७

उदयपुर, उदयपुरको उदयपुरगढी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनका पोल तथा तार टाग्नेक्रम सुरु भएको छ ।

बिजुली नपुग्दा सोलार, टुकी लगायतको सहयोगमा आफनो दैनिकि चलाउदै आएका सर्वसाधरण विजुली आएपछि जीवनस्तर परिवर्तन हुने भन्दै खुशी भएका छन । विधुत नपुगेका कारण अन्घकारमा बस्न बाध्य स्थानीय केन्द्रीय प्रशारण लाइनमा जोडिएसँगै दैनिकी फेरिने आशामा छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुल ३० हजार ७ सय ८० जनसंख्या रहेको उदयपुरगढीमा हालसम्म राष्ट्रिय प्रशारण लाइन जोडिन सकेको थिएन ।

हाल ग्रामिण विधुती करणमार्फत पहिलो चरण अन्तरगत उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ का सवै गाउँहरुमा बिधुत पु¥याउने उद्धेश्यले निर्माण गरिएको विधुतीय पोल र ट्रान्समिटरमा लाईन छोडिएसंगै बिधुत बाल्ने स्थानीय हरुको बर्षौको सपना पुरा हुने देखिएको छ ।

दुई चरण लगाएर गाउँपालिका भर विद्युत पु¥याउने लक्ष्यका साथ २ बर्ष अघि काम सुरु भएको गाउँपालिकामा पहिलो चरण अन्तरगत वडामा रहेका विभिन्न संघसंस्था मार्फत उठेको ३ करोड ३ लाख ३५ हजार र सामुदायिक विद्युतीकरणको झण्डै २७ करोड ३० लाखगरी कुल ३० करोड ३३ लाखको लागतमा ५ हजार घरधुरीमा विद्युत पु¥याउने काम अन्तिम चरणमा रहेको छ ।

केहि दिन अघि मात्रै राष्ट्रिय प्रसारणको परिक्षण प्रसारण सुरु भएको ५ वटा वडाहरुमा हाल ट्रान्समिटर जार्ज गर्ने काम भैरहेको छ । ट्रान्समिटरमा कुनै खरावी नआए अवको १ महिना भित्र घरघरमा विजुली बल्ने उदयपुरगढी सामुदायिक विद्युतीकरण समितिले जनाएको छ ।