नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

पछिल्लो २४ घण्टामा १३९ जना संक्रमणमुक्त

नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो
बिहिबार, असार २५, २०७७

काठमाडौं-नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको १६ हजार ५३१ संख्या पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ७ हजार ८९१ पुगेको ।