काठमाडौंमा थप पाँच जनामा कोभिड १९ पुष्टि

काठमाडौंमा थप पाँच जनामा कोभिड १९ पुष्टि
बिहिबार, असार २५, २०७७

काठमाडौं, काठमाडौंमा आज पाँच जनामा कोरोना भाइरस (कोभिड १९)  पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित पत्रकार सम्मेलनमा काठमाडौँका ५ जनामा संक्रमण पुष्टिभएको जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुशार टेकुस्थित केन्द्रीय प्रयोगशालाको परिक्षणमा एकजना, टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा गरिएको परिक्षणमा एक जना, वीर अस्पतालमा गरिएको परिक्षणमा एक जना र शिक्षण अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो ।