सरिता गिरीको सांसद पद रिक्त

सरिता गिरीको सांसद पद रिक्त
बिहिबार, असार २५, २०७७

काठमाडौं-समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको छ । समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ ।

नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न पत्र पठाएको थियो ।

गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्ने भएकी छिन् ।