कैलालीको एक आइएमईबाट ६ लाख चोरी

कैलालीको एक आइएमईबाट ६ लाख चोरी
बिहिबार, असार २५, २०७७

कैलाली-कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईबाट ६ लाख चोरी भएको छ। आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका हुन।

उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको जानकारी दिए । काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको उनले बताए ।

चोरीमा संलग्न भएका एक युवक सिसिटिभीमा देखिएका छन्। उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ।