भारतीय संचारमाध्यमविरुद्ध कानुनी उपचार खोज्छौं : सरकारका प्रवत्ता

भारतीय संचारमाध्यमविरुद्ध कानुनी उपचार खोज्छौं : सरकारका प्रवत्ता
बिहिबार, असार २५, २०७७

काठमाडौं-सरकारले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबिरुद्ध अनर्गल प्रचारमा उत्रिएका भारतीय संचारमाध्यमविरुद्ध कानुनी उपचारमा जाने बताएको छ ।

असार २३ का मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए ।

उनले भारतीय सञ्‍चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उचित कदम चाल्ने उल्लेख गरेका छन् ।