बेन्जामिन हेन्रिक्सलाई लाइपजिगले भित्र्यायो

बेन्जामिन हेन्रिक्सलाई लाइपजिगले भित्र्यायो
बिहिबार, असार २५, २०७७

मोनाकोका डिफेन्डर बेन्जामिन हेन्रिक्स जर्मन क्लब आरबी लाइपजिगसँग अनुबन्धित भएका छन् ।

सन् १०१८ मा मोनाको आएका २३ वर्षे डिफेन्डरलाई लाइपजिगले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

जर्मन क्लब लेवरकुसेनको एकेडेमीमा हुर्किएका हेन्रिक्सले मोनाकोका लागि ४४ खेल खेलेका छन् भने जर्मनीका लागि उनले ३ खेल खेलिसकेका छन् ।

लाइपजिगले आगामी सिजनका लागि दोस्रो खेलाडीको रुपमा बेन्जामिनलाई अनुबन्ध गरेको हो ।