रूसमा एकै दिन थपिए ६ हजार बढि कोरोना संक्रमित

रूसमा एकै दिन थपिए ६ हजार बढि कोरोना संक्रमित
शुक्रबार, असार २६, २०७७

एजेन्सी । रुसमा एकैदिन ६ हजार बढि कोरोना भाईरसका संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा ५०९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७ हजार ३०१ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ८४३ पुगेको हो ।

२ लाख १५ हजार १४२ जनाको उपचार भइरहेको छ भने ४ लाख ८१ हजार ३१६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।