लमजुङको सातबिसेमा पहिरो, एकै घरका तीन जनाको ज्यान गयो

शुक्रबार, असार २६, २०७७

काठमाडौं – लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।