नारायणी नदीमा बाढीको खतरा,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा बाढीको खतरा,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
शुक्रबार, असार २६, २०७७

काठमाडौँ । नारायणी नदिमा बाढी खतराको संकेतसम्म पुग्दाँ तटीय क्षेत्रमा जोखिम बढेको छ ।

कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेपछि सतर्कताको घण्टी बजाइएको छ ।

अहिले प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ भने अर्को ६ घण्टा पनि धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

फलस्वरुप प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकोले रिउखोलामा जलसतह सतर्कतासम्म पुग्नेसक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बर्षाका कारण ती क्षेत्रका खोलाहरुमा जल सतह बढि बाढी आउने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका वस्तीहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।