मनसुन सुरु भएयता बाढि पहिरोबाट ४६ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढि पहिरोबाट ४६ जनाको मृत्यु
शनिबार, असार २७, २०७७

काठमाडौँ । मनसुन सुरु भएपछिका २८ दिनमा देशभर पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

जस अनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र पहिरोजन्य ठूला विपद्का घटका भएका छन् । पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेको छ ।

पर्वत, पाल्पा, बझाङ, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परी ४६ जनाको मृत्यु भएको हो । जसमा ३७ जना घाइते भएका छन् ।

गृहमन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार ती घटनामा परी हालसम्म ५८ जना बेपत्ता भएका छन् ।