निगमले बढायो पेट्रालियम पदार्थको मूल्य

निगमले बढायो पेट्रालियम पदार्थको मूल्य
शनिबार, असार २७, २०७७

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक–एक रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैैयाँमा बिक्री वितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

वृद्धि भएको मूल्य गए राति १२ बजेदेखि लागू हुने बताइएको छ ।