अमेरिकामा कोरोना एकै दिन ७१ हजारभन्दा बढी कोरोना संक्रमित

अमेरिकामा कोरोना एकै दिन ७१ हजारभन्दा बढी कोरोना संक्रमित
शनिबार, असार २७, २०७७

काठमाडौं – अमेरिकामा पछिल्लो २४ घण्टामा ७१ हजार ३५५ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो सँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।