इटालियन सिरी ए फुटबलमा आज युभेन्ट्स र एटलान्टा भिड्दै

इटालियन सिरी ए फुटबलमा आज  युभेन्ट्स र एटलान्टा भिड्दै
शनिबार, असार २७, २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा आज शनिबार लिग लिडर युभेन्ट्सले एटलान्टासँग खेल्दैछ ।

युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ ।

तर, बलियो टोलि एटलान्टाविरुद्ध युभेन्ट्सलाई जित निकाल्न कठिन भने हुनेछ ।

युभेन्ट्स यस सिजन दोस्रो स्थानको लाजियो भन्दा ७ अंकले अघि रहेको छ ।

युभेन्ट्सले ३१ खेलमा ५७ अंक जोडेको छ । लाजियोको ६८ अंक रहेको छ ।

तेस्रो स्थानको एटलान्टाको ६६ अंक रहेको छ ।

यस्तै लाजियोले शनिबार नै सासोउलोसँग खेल्नेछ ।

रोमाले ब्रेसियाको सामना गर्नेछ ।