आज ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

पछिल्लो २४ घण्टामा ४३१ जना संक्रमणमुक्त

आज ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
शनिबार, असार २७, २०७७

काठमाडौं-नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ८ हजार ४४२ पुगेको छ ।