कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो
शनिबार, असार २७, २०७७

काठमाडौं-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं १०-शंकमुलका एक ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौं गोकर्णेश्वरका ५४ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।