म्याग्दी पहिरो अपडेटः बेपत्ता २० जनाको शव भेटियो

म्याग्दी पहिरो अपडेटः बेपत्ता २० जनाको शव भेटियो
शनिबार, असार २७, २०७७

म्याग्दी-म्याग्दीको मालिका, धवलागिरी र रघुगंगा गाउपालिकामा शुक्रबार गएको पहिरोमा वेपत्ता भएका २० जनाको शव भेटिएको छ । वेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरुले पहिरोले पुरिएकाहरुको शव फेला पारेको हो ।

प्रहरीका अनुसार हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएका् छ । वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेको थियो । भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।

पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको हेलीकप्टरबाट उद्धार गरिएको छ । बाकी बेपत्ताको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।