काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असार २७, २०७७

काठमाडौं-काठमाडौंमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका ३ जनामा संक्रमण देखिएको हो ।

यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाइएको छैन। शुक्रबार मात्र पनि उपत्यकामा ४२ जनामा संक्रमण पुष्टि भएको थियो । आज मुलुकभर जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।