सन्दीप लामिछानेले खेल्ने (सीपीएल) अगष्ट १८ बाट सुरु हुने

सन्दीप लामिछानेले खेल्ने (सीपीएल) अगष्ट १८ बाट सुरु हुने
शनिबार, असार २७, २०७७

काठमाडौं-सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेट अगष्ट १८ बाट सुरु हुने भएको छ । कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको सीपीएल अगष्ट १८ बाट सुरु हुने पक्का भएको हो ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ । बन्द रंगशालामा हुने प्रतियोगितामा खेलाडी र आयोजकले सरकारको गाइडलाइन पालना गर्नु पर्नेछ ।

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । गत सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।