कैलालीमा ट्रक दुर्घटनामा १ जनाको मृत्यु

कैलालीमा ट्रक दुर्घटनामा १ जनाको मृत्यु
सोमवार, असार २९, २०७७

कैलाली । कैलालीमा ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङ बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरा भएको प्रहरीले जनाएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको चुरे गाउँपालिका ३ मा गएराति १ बजेको समयमा सिमेन्ट बोकेर धनगढीबाट बझाङ जाँदै गरेको से१ख १७३१ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका बोहराको उपचारका लागि सेती अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा परी सोही ठाउँका नारदसिह धामी घाइते भएका छन्।

ट्रक चालक बुङ्गल नगरपालिका १ का ३२ वर्षीय कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।