१०४ वर्षिया बृद्धाले जितिन कोरोनाविरुद्धको लडाइँ

१०४ वर्षिया बृद्धाले जितिन कोरोनाविरुद्धको लडाइँ
सोमवार, असार २९, २०७७

काठमाडौं- इग्ङल्याण्डकी एक १०४ वर्षिया बृद्धा कोरोनाभाइरसबाट मुक्त भएकी छिन् ।

इग्ङल्याण्डको केन्टमा बस्ने ग्रेस ग्रिनउड नामकी बृद्धाले घरमै बसेर कोरोनालाई जितेकी हुन् ।

तीन साता अघिबाट कोरोनाले बिरामी परेकी ग्रेस ओछ्यानबाट उठन पनि नसक्ने अवस्थामा पुगेकी थिइन् । तर उनी अस्पताल गइनन् । उनले घरमै बसेर कोरोनालाई निको पारिन् ।

आफुलाई कोरोना संक्रमण भएको थाहा पाएपछि अत्तिएकी उनी निको हुँदा निकै खुशी भएकी छिन् । उनका परिवारका अनुसार उनी आत्मविश्वासी भएकाले घरमै बसेर कोरोनालाई जित्न सफल भइन् ।