आज १४४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

आज १४४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
सोमवार, असार २९, २०७७

काठमाडौं-नेपालमा आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ सय ८३, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७२ र बागमती प्रदेशमा ४ सय ५८ मा जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ४ सय ९८, प्रदेश नम्बर ५ मा ७ सय २९, कर्णाली प्रदेशमा ३ सय ६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना संक्रमित उपचाररत रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।