इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर र साउथह्याम्पटन भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर र साउथह्याम्पटन भिड्दै
सोमवार, असार २९, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्न लागेको हो । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ ४५ बजे सुरु हुनेछ ।

शीर्ष चारको लागि संघर्ष गरिरहेको युनाइटेडका लागि यस खेल महत्वपूर्ण रहेको छ । साउथह्याम्पटनलाई पराजित गरेमा युनाइटेड तेस्रो स्थानमा उक्लनेछ ।

यता, साउथह्याम्पटन पनि युनाइटेडलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्न चाहन्छ । साउथह्याम्पटन ४४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।