काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए
सोमवार, असार २९, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । योसँगै नेपालमा आज १४४ जना कोरोना संक्रमित थपिएका छन्।