विकास तथा प्रविधि समितिबाट सम्पदा पुनर्निर्माणको अनुगमन

विकास तथा प्रविधि समितिबाट सम्पदा पुनर्निर्माणको अनुगमन
सोमवार, असार २९, २०७७

काठमाडौं-संसदको विकास तथा प्रविधि समितिले पुनर्निर्माणको क्रममा रहेका पुरातात्विक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो ।

अहिले कोरोना संक्रमण जोखिमकैबीच स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माण कार्यले गति लिएको बताईन ।

स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणले गति लिएको उनको भनाई छ ।