२४ घण्टामा विश्वभर २ लाख कोरोना संक्रमित थपिए

२४ घण्टामा विश्वभर २ लाख कोरोना संक्रमित थपिए
मङ्लबार, असार ३०, २०७७

एजेन्सी- विश्वभर पछिल्लो २४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। १ लाख ९४ हजार ५ सय जना थपिएसँगै कोरोना संक्रमितको कूल संख्या १ करोड ३२ लाख २८ हजार नाघेको छ।

सबैभन्दा धेरै अमेरिकामा ६४ हजार बढीमा नयाँ संक्रमण पुष्टि भएको छ। भारतमा २८ हजार, ब्राजिलमा २१ हजार ७ सय, दक्षिण अफ्रिकामा ११ हजार ५ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ४ हजार ४ सय, पाकिस्तानमा २ हजार ७ सय जना संक्रमित थपिएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ७०, भारतमा ५ सय ४०, अमेरिकामा ४ सय ५२, मेक्सिकोमा २ सय ७६, दक्षिण अफ्रिकामा ९३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितमध्ये ५ लाख ७४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ लाख ९१ हजार बढी उपचारपछि स्वास्थ भएका छन्।

विश्वमा सोमबार २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा केही कम हो ।
आइतबार एकै दिन सबैभन्दा धेरै २ लाख ३० हाजर संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा एक करोड २७ लाख ६८ हजार ३०७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले ५ लाख ६६ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।