भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो
मङ्लबार, असार ३०, २०७७

काठमाडौँ- भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ ।

वर्ल्डओमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन २८ हजारभन्दा संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको छ ।

सोमबारमात्रै भारतमा २८ हजारभर संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको हो ।
सोमबारमात्रै ५४० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

५ लाख ७२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।