दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मङ्लबार, असार ३०, २०७७

नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग मंगलबार विहानदेखि अवरुद्ध भएको छ ।

विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।